Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फूल व्यापारी भन्छन् – महानगरले तोकेको स्थानबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २७ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट-तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरुबाट फूल बिक्री भइरहेको छ । तर, सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरुले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन् ।

सोमबार भृकुटीमण्डपका फूल व्यापारीहरुले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भएपनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताएका हुन् । व्यापारी मंगेश लिम्बूले आफूहरु मार्कामा परेको बताउनुभयो । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भएपनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिन अघि गरेको भए व्यापारी र किसानहरुलाई मार्का पर्ने थिएन । जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो । यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो । बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो ।’

त्यस्तै, काभ्रे कोशिपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गर्नुभयो । उहाँले गाडी भाडा समेत नउठेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई गाडी भाडासम्म छैन । उल्टै ऋण गरेर जानुपर्ने भयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो ग¥यो जस्तो लाग्छ ।

त्यस्तै, ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र बिष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गर्नुभयो । उहाँले अझैपनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको । नेपाली उत्पादनलाई अपहेलना गरिएको छ । नेपाली उत्पादन सम्भावनाभित्र नरहेको । सरकारको ध्यान जानु आवश्यकता छ । उत्पादन भएको बजारीकरणको समस्या भएकोले किसानको दुःखदायी अवस्थामा भएको छ ।

उहाँले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४