Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डलाई सरकारको भविष्यबारे कसको डर ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २६ २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय सरकारको भविष्यलाई लिएर टिप्पणी गरिहन्छन् । सार्वजनिक कार्यक्रममा नै आफ्नो कार्यकालको टुंगो नरहेको बताउँदै आएका हुन् ।

शनिबार नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानको कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको सरकारको स्थायित्वबारे अभिव्यक्ति दिएका थिए । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा सुशासन सामाजिक न्याय र समृद्धिका पक्षमा हामीले कति राम्रो काम सुरु गर्छौँ त्यो मुख्य कुरा हो,’ प्रधानमन्त्रीले भनेका थिए, ‘म सरकारको नेतृत्वमा रहँदा राम्रो कामको सुरुआत गर्न चाहेको छु ।

त्यसअघि उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफूले चुनाव लडेका दुवै निर्वाचन क्षेत्रमा आफू दुई दिनको अन्तरालमा पुगेको भन्दै आगामी विसं २०८४ सालको निर्वाचनमा पार्टीको अवस्था सुधार्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन्  । गत शुक्रबार रोल्पाको लिवाङमा पार्टीको सभालाई सम्बोधन गरेका “प्रचण्ड” शनिवार तत्कालीन काठमाण्डू निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्ने कीर्तिपुर पुगेका हुन् । “प्रचण्ड”ले विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन कीर्तिपुर समेत समेटिएको काठमाडौँ-१० र रोल्पा-२ दुवै स्थानबाट निर्वाचित भएका थिए ।

“प्रचण्ड”को सरकार फेरबदलको कुरा उठेको हो त ? उनका प्रमुख सल्लाहकार हरिबोल गजुरेल “प्रचण्ड”को अभिव्यक्तिका पछाडि कुनै राजनीतिक घटनाक्रम नरहेको दाबी गर्छन् । ‘काम गरिहाल्नुपर्छ भन्ने सन्दर्भमा त्यस्तो कुरा आएको होला । अहिले त्यस्तो परिस्थिति भएर बोल्नुभएको होला,’ उनले भने ।

तर यसअघि “प्रचण्ड” प्रधानमन्त्री रहँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेर काम गरिसकेका पूर्व मन्त्री चक्रपाणि खनाल “प्रचण्ड”को यस्तो अभिव्यक्तिका पछाडि प्रमुख तीन कारण रहेको बताउँछन् । अहिले “प्रचण्ड”ले व्यक्त गरेको चिन्ताको पहिलो कारण नेपाली कांग्रेसभित्र देखिएको खटपट रहेको उनको तर्क रहेको छ ।

नेपाली कांग्रेसका तीन गुडमध्ये कुनै गुटले सबैलाई अफ्ठ्यारोमा पार्न सक्ने उनको संकेत रहेको छ । उनले भने, ‘हामीले नेपाली कांग्रेससँग आलोपालोको कुरा गरेका छौँ । तर अहिले त्यसको सहमति गर्ने शेरबहादुर देउवाजी आफैँ पार्टीभित्र सहज अवस्थामा नभएको पनि स्थिति रहेको हो ।

दोस्रो कारण माओवादीले अघि सारेको सुशासन र भ्रष्ट्राचार विरोधी अभियानका हो । खनालकाअनुसार त्यसमा मुछिका अन्य पार्टीका प्रभावशाली नेताहरूको कारण आफ्नो सरकारको स्थायित्वबारे “प्रचण्ड”ले पार्टी पङ्क्तिभित्र चिन्ता व्यक्त गर्ने गरेका छन् । ‘उहाँले भ्रष्टाचार हटाउने र सुशासन कायम गर्ने अभियानको सुरुआत त गर्नुभयो । तर अलि कमजोर पार्टीले यो कुरा उठाउने अनि अरू ठूला दुई वटा पार्टी सरकारमा रहेका समयका विषय बाहिर आउने हुँदा उहाँलाई दवाब महसुस भएको छ, खनालले भनेका छन्  ।

खनालका अनुसार तेस्रो चिन्ता अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने पक्षमा उभिएपछि “प्रचण्ड”ले आफूमाथि भू-राजनीतिक दवाव बढेको महसुस गरेका छन् ।

प्रचण्डको चीन भ्रमणमा भएका सहमतिबारे थप छलफलका लागि चीनले उच्च पदस्थ नेताहरूको सट्टा तिब्बत हेर्ने सेक्रेटरीलाई पठाएको विषयलाई कतिपय कूटनीतिका जानकारहरूले उनलाई चीनले कम महत्त्व दिएको विषयमा रूपमा अर्थ्याएका थिए । ‘ठूलो चासोका बीच हामीले जसरी एमसीसी पारित गर्‍यौँ त्यसले उत्तरलाई झस्काएको छ,’ खनालले भने, ‘दक्षिण पनि अमेरिकासँग त्यस्तो धेरै निकट होइन नि । त्यसैले उ पनि यसमा खुसी छैन जस्तो लागिरहेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले “प्रचण्ड”ले आफूलाई सरकारबाट हट्न दवाब आएर त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका छन्  । ‘गठबन्धनमा कुनै गम्भीर परिस्थिति वा असमझदारी आएर उहाँले त्यसो भनेको जस्तो हामीलाई पनि लाग्दैन,’ उनले भने , ‘अहिले गठबन्धनमा त्यस्तो स्थिति पनि छैन ।

यद्यपि संसद्‌मा कम सिट सङ्ख्या भएको नेकपा माओवादी केन्द्रलाई सरकारको नेतृत्व गुम्ने आशङ्का सधैँ भइरहन्छ । ‘हामी कम सिट भएको तेस्रो पार्टी सरकारको नेतृत्वमा छौँ । ठूला पार्टीहरूलाई यो मन पर्ने कुरै भएन,नेकपा माओवादी केन्द्रका एक शीर्ष नेताले हामी संग भनेका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४