Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज महाकवि देवकोटाको जन्मजयन्ती


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २६ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृति हुन् ।

देवकोटाले राणा कालमा जनताले पनि पढ्न पाउनुपर्ने माग गर्दै क्रान्ति गरेका कारण पटकपटक जेल परेका थिए ।

देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटो जन्मिएको मैतिदेवीको घरलाई सरकारले संग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४