Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फाको विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेन्डा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी छ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने स्रोतले बतायो ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।

नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ । एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।

एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

२०७९ असारमा भएको एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष बनेका थिए । तर नेम्वाङ नेतृत्वले एक वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कर्मा शेर्पासहित असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४