Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा आठौं रियल इस्टेट एक्स्पो हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २१ २०८०
  • 3K
    SHARES

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ आयोजना गर्ने भएको छ ।

मंगलवार संघले काठमाडौंमा पत्रकार सम्मलन गर्दै पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने बताएको हो । संघले अहिलेसम्म ७ वटा रियल इस्टेट एक्स्पो आयोजना गरिसकेको छ ।

२०७७ मा कोभिड महामारीका कारण एक्स्पो हुन सकेन । २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको संघले जनाएको । घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा एक्स्पोका संयोजक विदुर धमलाले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको बताउनु भयो ।

उहाँले रियल इस्टेट एक्स्पो गर्नुको मुख्य उद्देश्य घरजग्गा कारोबारमा आएको नयाँ–नयाँ कारोबार र घरजग्गा सम्बन्धि कारोबारको विषयमा एउटै छानामुनी जानकारी दिने रहेको बताउनु भयो ।

संयोजक धमलाले प्रदर्शनीमा खरिद गर्ने र बेच्ने मात्रै नभएर जानकारीे पनि गराइने बताउनु भयो । एक्स्पोमा ६५ भन्दा बढी स्टलहरु रहने छन् ।

धमलाले रियल इस्टेट एक्स्पोले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्ने बताउँदै एक्स्पोमा अपार्टमेण्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय सामग्री, फर्निचर, सिरेमिक, घर जग्गा एजेन्ट, निर्माण सामाग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल रहने बताउनु भयो ।

साथै उहाँले जग्गा तथा भवन विकासकर्ता, खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलिकरण तथा पुनःनिर्माणसम्बन्धी डिजाइनरहरूको साझा मञ्च हुने पनि बताउनु भयो ।

यस्तै जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार अनौपचारिक क्षेत्रमा बढी कारोबार भइरहेको बताउनु भयो ।

उहाँले अनौपचारिक क्षेत्रबाट बढी र औपचारिक क्षेत्रबाट कम कारोबार भइरहको अवस्था भएकाले सरकारले देशभरका व्यवसायीहरुका लागि कानून बनाएर अनुमति प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गरिन्थ्यो भने कारोबार गर्ने वास्तविक कम्पनीको रेकर्ड आउने बताउनु भयो ।

साथै उहाँले आर्थिक मन्दीका कारण देशभर घरजग्गाको कारोबार सुस्त भए पनि ५० हजार घर वार्षिक रुपमा बनिरहेको बताउनु भयो ।

मेलामा एक लाखभन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । संघले अघिल्लो सातै एक्स्पोमा करिव २ अर्ब ६५ कारोबार भएको भए पनि आठौं एक्स्पोमा कारोबार यकिन यति हुन्छ भन्ने अवस्था नरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४