Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई कारबाही गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १९ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ।

सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर चेतावनी दिएको हो।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाही दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन्।

प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४