Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मन्त्रिपरिषद्को बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १९ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बिहान लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

शुक्रवार जाजरकोट र रुकुमुमा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफलका लागि बैठक डाकिएको हो ।

शनिवार भूकम्प प्रभावित क्षेत्रमा सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण उद्धार, राहत र पुर्नस्थापनाका लागि आज आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम सकिएको पनि बताएको छ ।

भूकम्प गएदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले शुरु गरेको उद्धार र खोजी कार्य हिजो अपरान्ह पुरा भएको सरकारले बताएको हो ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरी नेपालगञ्ज पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शनिवार भग्नावशेषमा च्यापिएकाहरुको खोजी, उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आजदेखि राहत र पुनर्स्थापनाको काम शुरु गर्ने बताउनुभयो । आजदेखि आवश्यक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पु¥याइने पनि प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४