Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीमा मन्त्रिपरिषद् बिस्तार, सरकारबाट बाहिरिने एमालेको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १८ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ

कार्कीले आफू नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गर्नुभएको हो । तर दुबै जनालाई मन्त्रालय भने तोकिएको छैन । गत असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

कार्की नेपाली कांग्रेसबाट बिद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । मन्त्रीमा नियुक्त उप्रेती र जवेगूले प्रदेश प्रमुख परशुराम खापुङबाट नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

योसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल पाँच सदस्यीय बनेको छ । माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेले भने कोशी प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । मुख्यमन्त्री कार्कीले भने सबै दललाई समेटेर सहमतीय सरकार बनाउने बताउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४