Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानी शरणार्थीलाई पाकिस्तान छाड्न आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १७ २०८०
  • 3.9K
    SHARES

एजेन्सी । पाकिस्तान सरकारले २० लाख अफगानी शरणार्थीलाई एक महिनाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।

पछिल्लो समय पाकिस्तानमा भएका ठुला ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी गदै उनीहरुलाई तत्काल पाकिस्तान छाड्न भनिएको छ ।

सयुंक्त राष्ट्र शरणार्थी उच्च आयोग युएनएससीआरका अनुसार पाकिस्तानमा ४० लाख बढी अफगानी शरणार्नीहरु रहेका छन् जसमा कतिपय शरणार्थीको जन्मनै पाकिस्तानमा भएको हो ।

करिव २० लाख बढी शरणार्थी ४० वर्षदेखि पाकिस्तानमा बस्दै आएका छन् । खैवर जनजाती बसोवास रहेको जिल्लाका अब्दुल नासिर खानका अनुसार अफगान तोरखम सीमाबाट करिव २४ हजार अफगानी बुधबार आफ्नो देश प्रवेश गरेका छन् ।

यता पाकिस्तान सरकारले बुधवारसम्म करिव दुइ लाख बढी शरणार्थीले आफ्नो इच्छाले पाकिस्तान छाडेर अफगानस्थान जानुका साथै तीन लाख सीमामा रहेको जनाएको छ ।

अफगानी शरणार्थीहरुले सुरक्षाबलले आफुहरुको सामान समेत निकाल्न नदिइ आफुहरुको घरमा बुलडोजर चलाएका कारण ससाना बच्चासहित भोकभोकै कैयो किलोमिटरसम्म हिडेरै सीमामा आउनु परेको आरोप लगाएका छन् ।

यता सयुक्त राष्टसंघ लगायत पश्चिमी देशहरुले भने पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह गरको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४