Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १७ २०८०
  • 5.8K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. कार्तिक १७, २०८० । ई.सं. 03 Nov, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ कौलागा । पिङ्गल दक्षिणायन शरद । शुक्रबार कार्तिक कृष्णपक्ष । तिथि षष्ठी ००:३० बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र आर्द्रा ०८:२७ बजेसम्म, त्यसपछी पुनर्वशु । योग सिद्ध १६:०६ बजेसम्म, त्यसपछी साध्य । करण गर ११:५७ बजेसम्म, त्यसपछी वणिज ००:३० बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग पद्म । दिनमान ११:१ । सूर्योदय ६:१६ । सूर्यास्त १७:१७ । भद्रा ०:३० देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आलोचकहरूले दुःख दिनेछन्। व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला। काम राेकिने सम्भावना देखिएकाले याेजना गोप्य राखेर अघि बढ्नुहोला। सद्व्यवहारले समस्या टर्न सक्छ। मिहिनेतले आँटेको काम बन्नेछ। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। काममा केही रकम खर्च भए पनि पहिलेकाे साख जाेगाउन सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ, केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरू जुट्नाले राेकिएका काम भने सम्पादन हुनेछन्। नियमित काम बन्नाले सामान्य फाइदा भइरहनेछ। केही अप्ठ्यारा काम पनि सम्पन्न हुनेछन्। उपचारमा केही खर्च हुने समय छ। सामान्य धनलाभ भए पनि फजुल खर्च बढ्नेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, द्वन्द्व र मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४