Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाजाका लागि सहायता सामग्री बोकेका ट्रक रोकिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १६ २०८०
  • 3.1K
    SHARES

एजेन्सी । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीका लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् ।

गाजा पट्टीमा प्रवेश गर्नका लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् ।

गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भएपनि ट्रकहरु गाजा प्रवेशका लागि कुरिरहेको जनाइएको छ । दैनिक आवश्यक पर्ने एकसय ट्रक सामान अझै कम रहेको बताइएको छ ।

इजरायल—हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २ सय ५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्किस र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलाका साथै संयुक्त राष्ट्र संघका एजेन्सीहरूलगायत धेरै देशहरूले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् ।

जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५ सय २५ प्यालेस्टाइनी र एक हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलका अनुसार हमासले गरेको आक्रमणमा जम्मा २ सय ३९ जनालाई बन्धक बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४