Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं, पाउलान त विश्वासको मत ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १ २०८०
  • 5.2K
    SHARES

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।

आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । शुरुमा एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्रीमा उम्मेदवार बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उहाँलाई बिश्वासको मत पाउन सहज हुने बताइएको छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४