Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“काठमडौं महानगरपालिकाले आजदेखि कुकुर र बिरालाको बन्ध्याकरण गर्ने”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २३ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ ।

मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा मंगलबारदेखि सामुदायिक कुकुर तथा बिरालाहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिनुभएको हो ।

वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट एकै साथ यो अभियान चलाउने पनि मेयर साहले बताउनु भएको छ । आगामी तीन महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुर बिरालालाई रेविजविरुद्धको खोप दिइने पनि उहाँले जानकारी दिनुभएको छ ।

बन्ध्याकरण तथा खोपका लागि सम्बन्धि वडामा रहेका सामाजिक संघ संस्थाहरु परिचालन गरिने भएको छ । जनप्रतिनिधि र वडाबाट खटिएका कर्मचारीको रोहवरमा कुकुर र बिराला समातेर बन्ध्याकरण तथा खोप लगाइने छ भने बन्ध्याकरण गरिने कुकुर र बिरालालाई आवश्यक आराम गराएपछि मात्रै छाडिने पनि मेयर साहले बताउनु भएको छ ।

खोप दिइएका वा बन्ध्याकरण गरिएका कुकुर बिरालाहरुको कानमा संकेत चिन्ह राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४