Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज बस्ने प्रतिनिधि सभा बैठकमा इजरायलमा अलपत्र नेपालीको विषयमा छलफल चलाउन राप्रपाको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २२ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचि हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो साढे ३ बजे बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गर्नुभएको हो । इजरालयमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उहाँले बताउनु भयो । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग साझा रुपमा छलफल गरी बैठकको कार्यसूचि तय गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४