Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंकरबाहिर रहेका नेपालीलाई लागेको थियो ग्रिनेड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २१ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ । इजरायलमा आक्रमणमा कम्तीमा पनि २३२ जनाको मृत्यु भएको छ । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको हो ।

दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ । विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन् ।

शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौजना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् । घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो ।

इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।

नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ ।

परराष्ट्र मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । क्षतिको अरु विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४