Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले गण्डकीमा गुरुङ पक्षको पकड, अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १९ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनुभएको छ ।

उहाँले ५३१ मत ल्याउादा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गर्नुभयो । निर्वाचित अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको साथ थियो । पृथ्वीसुब्बा गुरुङको समूहले अध्यक्षसहित सबै पदमा जित हात पारेर पकड जमाएको छ ।

उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ तथा सचिवमा लमजुङका धनञ्जय दवाडी विजयी हुनुभयो । कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेको बताईएको छ । निर्वाचनमा ३३ वटा भोटिङ मेसिन प्रयोग भएको थियो । १ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी परेको थियो । ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४