Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाले गत वर्ष जफत गरेको इरानको गोलाबारुद युक्रेन पठायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १८ २०८०
  • 1.2K
    SHARES

एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष एउटा इरानी पानी जहाजबाट जफत गरेको गोलाबारुद युक्रेनलाई दिएको छ ।

इरानले यमनको हुथी विद्रोहीकालागि पठाएको भन्दै अमेरिकी जलसेनाले गत वर्ष झण्डै ११ लाख राउण्ड गोली जफत गरेको हो । उक्त हतियार अहिले युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोगस्वरुप पठाएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले गत वर्ष उक्त इरानी पानी जहाज नियन्त्रणमा लिंदा थुप्रै हतियार बरामद गरेको जिकिर गरेको थियो ।

लुटिएको हतियार युक्रेनलाई दिएकोमा इरानले भने रोष प्रकट गरेको छ । रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले लामो दूरीका हतियार र हवाई रक्षा प्रणाली समेत दिईसकेको छ ।

पछिल्लो समय भने अमेरिकी रिपब्लिकन पार्टीका केही सांसदहरुले युक्रेनलाई सैन्य सहयोग रोक्न माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४