Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १७ २०८०
  • 4K
    SHARES

काठमाडौं । नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।

नेकपा एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ  ।

प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिनुभएको हो । नेकपा एमाले गण्डकीमा नयाँ नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून रहेको छ ।

गण्डकीमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पि.एस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (के.आर)को दुई समूहबीच टकराव छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीचको लडाईले प्रदेश अधिवेशनलाई निर्वाचनतर्फ धकेलेको हो ।

उपमहासचिव गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ ।

गुरुङ समूहले नवराज शर्मालाई प्रदेश अध्यक्षमा अगाडि बढाउँदा अधिकारी समुहबाट मायानाथ अधिकारी अध्यक्षमा उठ्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४