Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजेः अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १६ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताए ।

उनले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको बताए ।

उनले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाए ।

सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको बताए ।

उनले भने – “गृहमन्त्रीजीले हेटौँडामा गएर उधुम नै खोक्नुभयो । सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् । कुन विरोधी लागे तपाईको सुशासन रोक्न ? साडे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानविन गर्न आयोग बनाउ न भन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ ।

छानविन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईको ? किन आत्तिनुभएको स्वतन्त्र, निष्पक्ष छानविनसँग ? गफ दिनुहुन्छ हेटौँडा गएर ? सुशासनको अभियान । सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो सुशासन ? सुशासन अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो । नियमित काम हो । सरकारले शान्ति, सुरक्षा दिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । कमिशनतन्त्र रोक्नुपर्छ । घुस रोक्नुपर्छ ।

प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन संगठित रुपले विरोध गर्‍यो भनेर । म प्रश्न गर्न चाहान्छु, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सुन आएको आएकै छ तर आवश्यक परेका बेला हाजिर हुनेछ भन्ने कागज गराएर मान्छे भगाउ, सामान लुकाउ, छिटो गर, जाउ भनेर पठाइयो । सुनिल शर्मा निर्वाचित जनप्रतिनिधिको सर्टिफिकेटमा शंका लाग्यो भनेर थुनामा राखियो । एक क्विन्टल सुन तस्करी गरेको मान्छेलाई पु¥याउने बित्तिकै थपक्कै छोडियो किन ? म गृहमन्त्री ज्यूलाई सोध्न चाहान्छु के यही हो अभियान ? सुशासनको अभियान भनेको यही हो ? राजनीतिको अपराधीकरणतर्फ मोडिएको छ ।’

उनले सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भएको बताए । सरकारले संविधान दिवसको अवसर पारेर मुस्कान खातुनलाई एसिड हान्ने व्यक्तिको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाए ।

त्यस्तै नेपालगञ्जमा हत्या अभियोगमा कारागारमा परेका रिगल डन भनिने योगराज ढकाललाई पनि उन्मुक्ति दिएको प्रति ओलीले आपत्ति जनाए ।

सरकारले सांसदहरुलाई विभिन्न बहानामा तर्साउन खोजिरहेको उनको भनाई छ । अध्यक्ष ओलीले सरकारले राष्ट्रिय स्वाभिमान र गौरव बिरोधी, संविधान बिरोधी, राष्ट्रहीत र जनबिरोधी काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४