Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बसन्त’का दुई कृति एकसाथ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १४ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ, सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका उहाँका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन् । ‘बसन्त’का यसअघि तीन वटा कविता सङ्ग्रह प्रकाशन भइ सकेका छन् । तीमध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र

प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन् ।‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेख्नु भएको छ ।दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४