Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले बागमती अधिवेशन : आज निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ११ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ । प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष पदको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा रामेछापका कैलाशप्रसाद ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापका केशरबहादुर बुढाथोकी र नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।

कुल ५ जना पदाधिकारीको लागि २६ जनाको उम्मेदवारी परेको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४