काठमाडौँ । इन्द्रजात्राको अघिल्लो दिन, आज काठमाडौँको हनुमानढोका दरबार परिसरमा पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको छ ।
बाल कन्यालाई कुमारी पूजा गरी प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बच्न सकिने जनविश्वास रहीआएको छ । कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास रहँदै आएको छ।
विगतदेखि नै विश्व हिन्दु महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राको दोस्रो दिन कुमारी पूजा हुँदै आएको छ ।
विधिवत् पूजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पूजा समापन गरिन्छ ।
हेर्नुहोस् तस्बिरहरू :

