Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ९ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ ।

करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।

खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँ मात्रै बिल दिने गरेको बताइएको छ ।

दुई साता अघिसम्म १ सय १० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य पछिल्लो समय एकाएक १ सय ४० रुपैयाँसम्म पुर्‍याइएको छ । श्रेष्ठले नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपैयाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपैयाँसम्म बेच्ने गरेको बताउनुभएको छ  ।

बजारमा चिनीको कृत्रिम अभाव देखाएर महँगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कारबाही प्रक्रिया थालेसँगै उक्त गोदाममा ठूलो मात्रामा चिनी लुकाएको फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४