Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस महासमिति बैठक तयारीका लागि विभिन्न समिति गठन, कुन समितिमा काे ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ८ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिएका छन् ।

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ।

नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले दिएको पनि बताएका छन् ।

उनले भने, ‘नेपाली काँग्रेसको बैठकमा नौ वटा बुँदामा निर्णय गरेका छौँ । महासमितिको बैठकलाई कसरी भव्य र सभ्य बनाउने बारे मुख्यतः तिन ओटा समिति गठन भएका छन् । सभापती शेरबहादुर देउवाको संयोजकत्वमा मुल आयोजक समिति बन्छ । उपसभापती पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति बन्छ । तेस्रो महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति बन्छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति रहन्छ । अन्य समितिहरु सभापती ज्यूले आवश्यकता अनुसार गठन गर्दै लैजाने निर्णय भएको छ।

उनले थपे, ‘दोस्रो निर्णयमा भर्खरै हामीले सम्पन्न गरेका कार्यक्रमहरु पोलिसी ह्याकाथुनको बारेमा, बिपी साहित्य महोत्सवका बारेमा आन्तरिक विशेष अभियानका बारेमा समिक्षात्मक निर्णय छ । यी तीन वटै कार्यक्रमले नेपाली काँग्रेसलाई थप मजबुत बनाएको छ । पार्टीभित्रका विकृति विसंगतिहरुलाई सफा गर्ने, भ्रम चिर्ने अवसर मिलेको छ ।

दशैको मुखमा बढेको महंगी नियन्त्रण हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौं । आर्थिक मितव्ययिता कायम गर्नुपर्छ भनेर निर्णय गरेको छ । नयाँ संविधान कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न आग्रह गर्ने निर्ण गरेका छौं । जनतालाई सुरक्षाको अनुभुति हुन सकेको छैन । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आवश्यक रणनीति लिन सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । लम्पीस्किन, किसान, बाढी पहिरो प्रभावितका बारेमा राहत उपलब्ध गराउने निषयमा पनि सरकारको ध्यानाकर्षण गर्ने र सरकारलाई डेलीगेसन दिने निर्णय गरेका छौं । शिक्षा विधेयकलाई सर्वस्विकार्य बनाउनेबारे पनि निर्णय भएको छ । विधान १४ औं महाधिवेशनबाट पारीत गर्‍यौं।

आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४