Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले मिचे विधान गरे ५ केन्द्रीय सदस्य मनोनीत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको विधानको दफा ५९ ले भन्छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।

विधानको यसै धारालाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय समितिमा मनोनीत गरेको संस्थापनइतरको दाबी छ । अर्जुनप्रसाद जोशी, भरत शाह, किरणराज शर्मा पौडेल, लक्ष्मी खतिवडा र गीता शाहीलाई केन्द्रीय सदस्य बनाएको विधिप्रति प्रश्न उठेको छ ।

सभापति देउवाले ४ असोजमा जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए । जोशी गण्डकी प्रदेशमा र शाह लुम्बिनीमा प्रदेशमा सभापतिमा पराजित भएका थिए । पौडेल बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । खतिवडा सुनसरी-१ को क्षेत्रीय सभापतिमा पराजित भएकी थिइन् । शाही लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित व्यक्ति हुन् ।

नेपाली कांग्रेसको विधान अनुसार प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । नेपाली कांग्रेसको विधानको धारा ६५ अनुसार ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’ उल्लेख छ ।

विधानको यही व्यवस्था अनुसार मनोनित केन्द्रीय सदस्य बनेका जोशी गण्डकीमा, शाह लुम्बिनीको प्रदेश समितिमा र खतिवडा सुनसरी-१ को समितिमा स्वतः सदस्य छन् । जोशीलाई शुक्रराज शर्माले र शाहलाई अमरसिंह पुनले प्रदेश सभापतिमा हराएका थिए । शर्मा र शाह संस्थापनइतरका हुन् । खतिवडा पनि संस्थापनइतरका उम्मेदवारसँग पराजित भएकी हुन् ।

निकततम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई सभापतिले कुल्चिएको लुम्बिनीका प्रदेश सभापति पुनले बताएका छन्  । ‘प्रदेश समितिमा मसँग सभपतिमा हारेका र प्रदेश सदस्यमा हारेकालाई केन्द्रीय सदस्य बनाइएको छ, लुम्बिनी प्रदेश सभापति पुन भन्छन् ।

नैतिकताको प्रश्न

तल्लो तहमा पराजितलाई माथिल्लो निकायको जिम्मेवारी दिँदा वरियताको विवाद समेत हुने देखिएको छ । सभापतिमा निर्वाचित र पराजितलाई प्रदेशका कार्यक्रममा आमन्त्रित गरेको अवस्थामा सहभागी हुन नैतिकताको प्रश्न उठ्ने भएको छ । ‘मेरो प्रदेशमा कार्यक्रम हुँदा सभापतिमा हारेको शाह र प्रदेश सदस्यमा हारेको गंगा शाहीलाई मैले नेता मान्न मिल्छ ? लुम्बिनी प्रदेश सभापति पुन भन्छन्, ‘यो त पार्टीले मिलाउन पर्यो नि ।’ सभापति पराजित शाहलाई प्रदेश समितिमा दोस्रो वरीयतामा राखेको पुनले जानकारी दिए । प्रदेश सदस्य भएकाले बैठकमा आमन्त्रण गर्ने उनले बताएका छन्  ।

पराजितलाई माथि ल्याउँदा केन्द्रीय समिति बोलावटमा समेत फरक देखिने भएको छ । प्रदेश सभापतिहरुलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाउने गरिएको छ । जबकी उनीहरुसँगै पराजित स्वतः पूर्ण केन्द्रीय सदस्य बनेका छन् । संस्थापनइतरका नेता भन्छन् ‘प्रदेशमा हारेको व्यक्ति पूर्ण केन्द्रीय सदस्य भयो । उनलाई हराउने व्यक्ति केन्द्रीय समितिमा आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ ।

संस्थापनइतरका नेता डा.शेखर कोइरालाले २ असोजमा बोलाएको बैठकमा केही नेताले उक्त प्रसंग उठाएका थिए । त्यसको दुई दिन पछि ४ असोजमा देउवाले विधान भन्दा बाहिर गएर थप तीन जनालाई मनोनित गरेका छन्  ।

प्रदेश सदस्य र क्षेत्रीय सभापतिमा पराजित व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा समयमै कुरा राख्न नसकेको २ असोजको संस्थापनइतरको बैठकमा चर्चा भएको थियो । तल हारेको व्यक्ति केन्द्रमा आउन सक्ने भएपछि प्रदेशमा महाधिवेशन गरेर पराजित गरेको महत्व नरहेको गण्डकीका सभापति शर्मा बताउँछन् ।

पार्टी संस्थापन पक्षले सभापति देउवाले विगतको अभ्यासका आधारमा मनोनित गरेको हुनसक्ने जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मनोनित केही केन्द्रीय सदस्यका विषयमा पार्टी बैठकमा कुरा उठेको बताए । ‘विगतका सभापतिहरुले पनि यस्तै अभ्यास गरेकाले त्यही परम्परा कायम राख्नुभयो होला जस्तो लाग्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘बैठक समापन हुनु अघि सभापति र पदाधिकारी बैठक बसेर यो विषयको विवाद टुंगिने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४