Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री छ्याङबीच आज भेटवार्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदैछ ।

आइतबार बेइजिङ पुग्नु भएका प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी लिले सोमबार थियानमन स्क्वायर स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सुरु हुने द्विपक्षीय वार्तामा बेल्ट एन्ड रोड इनिसिएटिभ्स अन्तर्गतको योजनाको कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने संभावना रहेको बुझिएको छ ।

यस्तै, नेपाल–चीन सीमापार विद्युत् व्यापार सम्झौता पनि हुनसक्ने छ । चीनले नेपालमा निर्माण गरिदिन चाहेको औद्योगिक पार्कको विषयमा पनि छलफल हुनेछ । यस्तै, व्यापार सन्धिको पुनरावलोकन, नेपालमा चिनियाँ लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत विषयमा पनि छलफल हुनेछ ।

नेपालले खाँदबारी किमाथांका सडक निर्माण, धुलिखेल–तातोपानी सडक स्तरोन्नति, खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडक निर्माण, सिमकोट–हिल्सा सडक स्तरोन्नति र टोखा–छहरे सुरुङमार्ग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गर्ने तयारी गरेको छ ।

यस्तै, रसुवागढी–चिलोङ र किमाथांका–तिब्बत प्रसारणलाइन र काठमाडौं उपत्यका विद्युत् सुधारमा पनि चीनको सहयोग नेपालले खोज्ने बुझिएको छ । मुस्ताङको कोरला, हुम्लाको यारी र संखुवासभाको किमाथांकामा एकीकृत जाँच चौकी निर्माण, गोरखा, दार्चुला र बझाङमा थप नाका खोल्ने विषय अघि सारिने छ ।

प्रधानमन्त्री दाहालले सोमबार नै चिनियाँ जनकंग्रेसका अध्यक्ष चाओ लिचिसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट छोङछिङ जाने कार्यक्रम छ ।

गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४