Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री दाहालबाट सम्बोधन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ५ २०८०
  • 3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघीय महासभालाई शुक्रबार बिहान सम्बोधनमा भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको बताउनभयो । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल पनि गर्नुभएको छ । नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रीत रहेको समेत उहाँले बताउनुभयो । दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

यद्यपि, कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढेको भू–राजनीतिक प्रतिस्पर्धा जस्ता सङ्कटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको उल्लेख गर्दै उहाँले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४