Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताको आवाज सुन्न रास्वपाका सांसद र नेताहरु जिल्ला–जिल्लामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ३ २०८०
  • 2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ ।

केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले बताए ।

पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन् । पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने महामन्त्री ढकालले बताए ।

महामन्त्री ढकाल कालिकोट जानेछन् । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी खटाइएको छ । त्यस्तै सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन् ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन् ।

सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने महामन्त्री मुलुक ढकालले बताए ।

‘नागरिकले कस्तो पार्टी चाहेका छन् । विचार र दृष्टिकोणका हिसाबले उनीहरू कस्तो पार्टी बनोस् भन्ने चाहन्छन् भनेर हामीले नागरिकको मन बुझ्न जान लागेका हौं,’ उनले भने, ‘यो पहिलो चरणको कार्यक्रममा हो । चरणचरणमा नागरिककहाँ गएर सुझाव संकलन गर्दै दस्तावेजलाई समृद्ध बनाउँछौं ।’

संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो । तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४