Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ३ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज बुधबार देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । २०७२ असोज ३ मा दोस्रो संविधानसभाले संविधान जारी गरेको हो ।

तर संविधान भने अझै पनि सर्वस्वीकार्य बन्न सकेको छैन । सुरुदेखिनै संविधान विभेदकारी भएको भन्दै मधेसकेन्द्रित दल, आदिवासी जनजातिलगायतले अझै असन्तुष्टि जनाउँदै आएका छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । विसं २००७ देखिको नेपाली जनताको संविधानसभाबाट संविधान जारी गर्ने इच्छा २०७२ मा आएर मात्रै पूरा भयो । यो संविधानले मुलुकलाई संघीतामा लग्यो । २०७२ को संविधानको महत्वपूर्ण विषय भनेकै संघीयता हो । यही संविधान बमोजिम संघीय,प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भयो ।

यो संविधान जारी पछि २०७४ र २०७९ गरी दुई पटक स्थानीय तह र संघीय संसद तथा प्रदेशसभाको निर्वाचन भएको छ । यद्यपि संविधानको विरोध गरिरहेका मधेश केन्द्रित दलहरु यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । त्यस्तै यो संविधानको बिरोध गर्दै आइरहेको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी यही संविधानलाई मान्दै सरकारमा सहभागी भएको थियो ।

संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा आम नेपालीको थियो त्यो पूरा नहुँदा भने निराशा उत्पन्न भएको छ । सरकारले संविधान दिवसको अवसरमा आज देशैभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४