Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको इतर पक्षमा शेखर गगनको सम्बन्धमाथि चासो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २ २०८०
  • 1K
    SHARES

काठमाडौं । ४ असोजमा बोलाइएको केन्द्रीय समिति बैठकअघि कांग्रेसको संस्थापन इतर पक्षले राखेको छलफलमा नेताहरुले डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धका विषयमा चासो राखेका छन् । शेखर–गगन समूहका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी बैठकमा धेरै नेताको प्रश्न समूहभित्रको एकतालाई लिएर थियो । केन्द्रीय सदस्यहरुले शेखर–गगनबीचमा छलफल गरी एकवद्ध हुन सुझाव दिएका थिए ।

‘हामीबीचमा अविश्वास रहेर त कसरी हुन्छ र ? हामीले आफ्नो कुरा राख्यौं । (शेखर र गगनले) मिलेर जाने भन्नुभएको छ । हामीले त राय दिने न हो’, एक केन्द्रीय सदस्यले भने । शेखरले मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका थिए । तर उनीहरु सहभागी भएनन् । केन्द्रीय सदस्यहरुले शर्मा र पौडेल किन नआएको भनी शेखरलाई सोधेका थिए ।

शेखरले शर्माले आउने वचन दिएको र पौडेलले चीन जान परेकाले आउन नसकेको जवाफ दिएको बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार महामन्त्री गगनकुमार थापाले दुई महामन्त्री र शेखरको छुट्टै छलफल गरेर अर्को बैठकमा शर्मा आउने वातावरण बनाउने आशय बैठकमा सुनाएका थिए ।

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले विधान विपरीत पार्टीमा भएका निर्णयका बारेमा केन्द्रीय समितिमा कुरा उठाउने बताएका छन्  । कोशीमा संविधान विपरीत सरकार बनाउँदा मुख्यमन्त्री गुमाउनुपरेको, पार्टीभित्र इतर पक्षका कार्यकर्तालाई मनपरी ढंगले अनुशासनको कारबाही गरिएको, भ्रातृ संस्थामा आफूखुसी मनोनयन र नियुक्ति गरिएको विषय पनि केन्द्रीय सदस्यहरुले उठाएका थिए ।

भ्रातृ संस्थाको क्षेत्रीय समिति र प्रदेश समितिमा पराजितलाई केन्द्रीय समितिमा मनोनित गरिएको भन्दै बैठकमा त्यसको जवाफ सभापतिसँग खोज्नुपर्ने विषय पनि उठेको एक नेताले बताएका छन् । बैठकमा सरकारको काम प्रभावकारी नभएको विषय पनि उठेको नेता सञ्जय गौतमले बताएका छन्  । ‘सरकार प्रभावकारी भएन भन्ने नै हाम्रो कन्सर्न रह्यो’, उनले भने । त्यस्तै महासमितिका बैठकका एजेण्डामा पनि छलफल गरेको गौतमले बताएकाहुन्  ।

केन्द्रीय समितिबाट पारित भएको वार्षिक कार्यतालिका कार्यान्वयनमा संस्थापन पक्ष बाधक बन्ने आशंका पनि नेताहरुले गरेका थिए । कार्यतालिकालाई अवरुद्ध हुन दिन नहुने विषय बैठकमा उठेको केन्द्रीय सदस्य बडुले बताएका छन्  ।

‘महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ । समयमा हाम्रो १५ औँ महाधिवेशन शुरु गर्नुपर्ने हुन्छ । त्यसका निमित्त पनि हामीले आवश्यक तयारी र क्रियाशील सदस्यताको वितरणको कुरा र त्यसको अध्यावधिक रेकर्डहरु के छ त्यसलाई हेर्नुपर्छ’ उनले भने, ‘पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समीक्षा हुनुपर्‍यो । कति कार्यान्वयन भयो कति भएन । के कमी रह्यो ? र त्यसलाई कसरी सुधारेर जाने भन्ने नै मुख्य विषय त्यो नै हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४