काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
चीन भ्रमण सकेर नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्।
सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिसँग भेटघाट भएको जानकारी दिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल चीन भ्रमणमा गएका थिए।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि महासचिव पोखरेल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।