Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतीनाथको दर्शनका लागि चारतिरबाट लाइनको लाइनको ब्यबस्था


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ ।

दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको छ । लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ ।

दर्शनका लागि कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा, पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

दोस्रो लाइन मित्रपार्कबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यसैगरी तेस्रो लाइन भने गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने गरी ब्यबस्था मिलाएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

आज दिनभरमा लाखौं महिलाहरु पशुपति दर्शनका लागि पुग्ने कोषको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४