Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनी,चामल लगायतका खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो ।

त्यसैगरी, बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यका गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताउनुभयो । समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी समितिले दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खाँनको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ । उपभोक्ताहरुलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालाबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढंगले आवश्यक वस्तुहरुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कोइरालाले सरकारले चाडबाडका बेला नागरिकलाई सुभल मूल्य वस्तुहरुको आवश्यक व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४