Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरिए सम्पत्ति शद्धीकरणका महानिर्देशक, तारानाथ अधिकारीलाई दिल्लीमा जिम्मेवारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 3.5K
    SHARES

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

२९ भदौमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसहिचव शाहीलाई प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर पठाएको थियो । उनै शाहीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

विभागका हालका महानिर्देशक तारानाथ अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ (इकोनोमिक मिनिस्टर) का रुपमा काम गर्ने गरी सरुवा गरिएको स्रोतले जानकारी दियो । अधिकारीले परराष्ट्र मन्त्रालय अन्तरगत रहेर दिल्लीमा काम गर्नेछन् । हालसम्म उक्त पद रिक्त थियो ।

अधिकारी २८ भदौ २०७९मा विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको यो विभागमा प्रधानमन्त्रीले चाहेअनुसार नै महानिर्देशक खटाउने गरिएको छ ।

अधिकारीभन्दा अघि विभागमा प्रेमप्रसाद भट्टराई महानिर्देशक थिए । असोज २०७९ मा विभाग पुगेका भट्टराईले एक वर्ष पनि काम गर्न पाएका थिएनन् । त्यसपछि अधिकारीले विभागको नेतृत्वमा रहेर काम गरे पनि सरकार उनीबाट सन्तुष्ट रहन सकेन ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी)ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएका बेला विभागको महानिर्देशक फेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४