Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुने सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।

यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार, राई राति मिलभित्रै बसेका थिए । प्रहरी अधिकृतहरुका अनुसार, उनी राति करिब साढे १२ बजे आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए । पछि उनी नै शंकाको घेरामा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४