Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३१ २०८०
  • 5K
    SHARES

काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने जनाएको हो ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो ।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।

थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर, दोषीहरूलाई पक्राउ गरी कानूनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ ।

कुटपिटको घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद भने लिईसकेको छ । पक्राउ पर्नेमा मकवानपुर पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् । उनीहरु मृतक राजेश प्रधानका परिवारका सदस्यहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४