Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेसमा संगठन विस्तार अभियान उद्घाटन गर्दै जसपा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ३० २०८०
  • 3.8K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

भोलि नकपुर उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश सभा सदस्य, मधेस प्रदेश परिषद् सदस्य,मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष, जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

कार्यक्रमको उद्घाटन बिहान ११: ३० बजे हुनेछ । जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४