Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २८ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला ? मौसमविद् रोजन लामिछाने भन्छन्, ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो ।

लामिछानेका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ ।

मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ । सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ । तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

नेपालमा यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला ३१ जेठ (१४ जुन) मा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो । सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन -यसमा केही दिन तलमाथि हुनसक्छ) बाँकी छ । अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ । पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ । मेघगर्जन र चट्याङ प्रि-मनसुनको समयमा बढी हुन्छ ।

यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४