Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एप्पलले गर्‍यो आइफोन १५ मोबाइल सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २७ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ ।

गएराती अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल हेडक्वार्टर पार्कमा आइफोन १५ का विभिन्न मोडलका सेटहरु सार्वजनिक गरिएको हो । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रोम्याक्स गरी चार वटा मोडलका सेट सार्वजनिक गरिएको छ । आइफोन १५ को शुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने १५ प्लसको शुरुवाती मूल्य ८९९ डलर रहेको छ । यस्तै आइफोन १५ प्रोको शुरुवाती मूल्य ९९९ डलर रहेको छ भने १५ प्रोम्याक्सको शुरुवाती मूल्य ११९९ डलर तय गरिएको छ ।

एप्पलले पहिलो पटक एन्ड्रोइड स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधासहितका सेट ल्याएको छ ।आइफोन १५ र १५ प्लसमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । यी दुवै मोडलमा ए १६ बायोनिक चिप प्रयोग गरिएको छ । आइफोनका यी मोडलसँगै एप्पलले ब्राण्ड–न्यू एप्पल वाचसमेत सार्वजनिक गरेको छ ।

यो घडीको ब्याट्री ७२ घण्टा चल्ने दाबी गरिएको छ भने युएसबी–सी एयरपड्स पनि सार्वजनिक गरेको छ । आइफोन १५ र १५ प्लस सेटहरु कालो, निलो, हरियो, गुलाबी र पहेंलो रङमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४