काठमाडौं । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन् ।
अहिले केही बेरमा बस्ने बैठकले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ निकाल्ने निर्णय गर्ने बताइएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ केहीबेर अघि अस्पताल पुगेर तत्काल शव पार्टी कार्यालय नलैजान भनेका थिए । नेम्वाङको सोमबार राति निधन भएको थियो ।