Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विमास्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २५ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।

सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आइतबार विरोध स्वरुप भन्सारका कर्मचारीहरुले तीन घण्टा पेन डाउन गरेका थिए । विमास्थल कर्मचारीहरुले सोमबार र मंगलबार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने भएका छन् ।

माग पूरा नभए आगामी बुधबार यात्रु जाँचपास शाखाबाट हुने कामहरु समेत रोक्ने चेतावनी पनि उनीहरुले दिएका छन् । यसअघि उनीहरूले सामुहिक सरुवाको माग समेत गरेका थिए ।

विद्युतीय चुरोट मार्फत ९ किलो र ब्रेकशु मार्फत ६१ किलो सुन तस्करी भएको प्रकरणमा भन्सारका कर्मचारीहरु पक्राउ पर्न थालेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४