Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुन्छ : मन्त्री बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताउनुभएको छ । इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आईतबार काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

केही दिन अघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीको इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरुमा आएको थियो । उहाँले आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बताउनुभयो । उहाँले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको बताउनुभयो । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

यस्तै, जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको मन्त्री बस्नेतको भनाई छ । कार्यक्रममा विभिन्न देशका स्वास्थ्य मन्त्री तथा विभिन्न दातृ संस्था र निकायहरुका प्रतिनिधिहरु सम्मिलित रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४