Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । बागमती प्रदेशसभाको बैठक नै बस्न नसकेपछि आइतबार सर्वदलीय बैठक डाकिएको छ ।

प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक डाक्नुभएको हो । आइतबार बिहान १० बजे बस्ने बैठकमा प्रदेशसभा सञ्चालनमा भइरहेको समस्या समाधानको उपाय खोज्ने बताइएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सहमतिज जुटेमा आइतबार ११ बजे प्रदेशसभाको बैठक राख्ने तयारीमा पनि प्रदेश सचिवालय रहेको बुझिएको छ ।

चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा अघि बढ्न नदिने अडान एमाले र राप्रपाले राखेका छन् । जसका कारण विगत दुई महिनादेखि प्रदेशसभा बैठक नै बस्न सकेको छैन ।

एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेकोमा सो सम्झौता कार्यान्वयन नभएको गुनासो एमाले र राप्रपाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४