Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आउँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २१ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको १२ सदस्यीय टोली आज काठमाडौं आउँदै छ ।

४० औँ संस्करणको संयुक्त सैन्य अभ्यासका लागी अमेरिकी सेनाको १२ सदस्यीय टोली आउने भएको हो ।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने अभ्यासका लागी टोली आउन लागेको हो । ‘नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास हो, सो अभ्यासमा सहभागी हुन अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौं आउन लागेको हो, उनले भने ।’

अमेरिका, चीन, बेलायत, भारत, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ ।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ ।

अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।

यस्तै, अभ्यासको सिलसिलामा १० सदस्यीय नेपाली सेनाको टोली सेनानी विवेक विक्रम शाहको कमाण्डमा भदौ २० गते बेलायत प्रस्थान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४