Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २० २०८०
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आक्रमण गर्ने बयक्ति वा त्यसको पछिल्तिर जो कोही ब्यक्ति वा समूहउपर अनुसन्धान गरेर कारवाही गर्न माग गरेको हो । उक्त घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घटनाको घोर निन्दा र भत्र्सना पनि नेपाली कांग्रेसले गरेको छ ।

सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो श्याम सापकोटा भन्ने ब्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणबाट घाईते हुनुभएका कांग्रेस सहमहामन्त्री यादवको काठमाडौंको बीरअस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।आक्रमणकारी सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४