Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १९ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अपरान्ह ३ बजे चट्याङ लाग्दा स्थानीय २० वर्षीय मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ ।

यता, गुल्मीको मुसिकोटमा चट्याङ लागेर ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार दिउँसो कक्षा चलिरहेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते मध्ये ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको र ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४