Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवासको अभियोग पत्र सच्याउन पत्र, जोशीको विगो ६२ करोड घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १७ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा प्रकरणको आरोपपत्र सच्याउन जिल्ला अदालतलाई अनुरोध गरेको छ ।

अभियोगपत्रमा त्रुटि देखिएको भन्दै कार्यालयले जिल्ला अदालतमा पत्र पठाएर आरोपपत्र सच्याउन अनुरोध गरेको हो ।

केही आरोपितहरुको बिगो मागदावी घटाएको छ । संशोधन निवेदनबाट पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै मागदाबी भएको छ ।

सरकारी वकिलको दाबी अनुसार, सीआईबीले विवरण फरक परेको थाह भएपछि सच्याइदिन आग्रह गरेको थियो । आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।

साथै प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।

यसअघि जोशीलाई ६३ करोड १० लाख रुपैयाँ बिगो भराउने दाबी गरिएकोमा त्यसलाई घटाएर १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गर्न अदालतमा पत्रचार गरिएको हो।

सीआईबीले त्रुटी भचएको भन्दै सच्याउन आग्रह गरेकाले सोही अनुसन्धान सच्याइदिन सरकारी वकिल कार्यालयले अदालतमा पत्राचार गरेको हो।

जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले प्रतिावादीहरुको नाममा बिनिता अधिकारी र सोह्रौं हरफमा सुधिरा अधिकारी भट्टराईको नाम टाइप त्रुटिका कारण कपिपेष्ट भएको भन्दै सो पनि हटाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४