Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढाकाकुमारको स्पष्टीकरण- मैले सांसद बन्न ३ करोड बुझाएको भन्ने समाचार तथ्यहीन (विज्ञप्तिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ३० २०८०
  • 1.1K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफूविरुद्ध आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै ढाकाकुमारले ३ करोड बुझाएको भनी प्रकाशित समाचारमा कुनै सत्य नभएको दाबी गरेका छन् । ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०-०२-१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।

उनले व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्नेविरुद्ध कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएका छन् । ‘अन्तमा स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुनेछु,’ ढाकाकुमारले विज्ञप्तिमा भनेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनी पार्टी र संसद् दुवैबाट निलम्बित भएका थिए । बुधबार समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको उल्लेख गरिएका समाचार आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४