Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राहुल महराविरुद्ध संगठित अपराधमा अनुसन्धान हुने, हिरासत राख्ने अनुमति लिन अदालत लगियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १३ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनीमाथि संगठित अपराधमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राख्न अनुमति माग गरेको सीआईबी स्रोतले बताएको छ ।

गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

त्यस क्रममा चिनियाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर सुन तस्करी प्रकरणमा उनीहरुविरुद्ध अनुसन्धान भएको थिएन ।

महरा बाबुछोरामाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नागरिकस्तरबाट पनि माग भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४