Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी आयोजना आजदेखि कार्यान्वयनमा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १३ २०८०
  • 3K
    SHARES

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ ।

एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ । परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ । अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी छ ।

एमसीसी परियोजना अन्तर्गत नुवाकोटको रातमाटेदेखि दमौली हुदै बुटवल र रातमाटेबाटै हेटौंडासम्म ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गरिने छ भने रातमाटे, दमौली र नवलपरासीको बर्दघाटमा चार केभी क्षमताका तीन वटा विद्युत सवस्टेशन पनि निर्माण गरिने छ । यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किलोमिटर सडकको स्तरोन्नती गरिने छ ।

आजको मितिलाई सम्झौता कार्यान्वयनमा गएको मानेर ५ वर्ष अर्थात २०८५ भदौ १३ भित्र यी काम सम्पन्न गरिसक्नुपर्ने छ । यी आयोजनाका लागि अमेरिकाले एमसीसी मार्फत ५० करोड डलर उपलब्ध गराउने छ भने नेपाल सरकारले करीब १९ करोड ७० लाख डलर लगानी गर्ने छ ।

अमेरिकाले नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा जान लागेकोमा खुशी ब्यक्त गरेको छ । आयोजना कार्यान्वयनका लागि नुवाकोट, दमौली र बुटवलमा सरकारले जग्गा उपलब्ध गराएको छ भने अन्यत्र जग्गा प्राप्ती तथा रुख कटानको काम बाँकी नै छ । २०७४ भदौ २९ मा नेपालको अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिबीच वासिङ्टनमा एमसीसी सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४